ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले भोलीदेखि प्रदेश र प्रतिनीधिसभा सदस्यको चुनावका लागि अभियान सुरु गर्नेभएको छ । ओखलढुंगा जिल्लाको पश्चिम भेग गाम्नाङटारबाट कार्तिक १२ गते अर्थात आईतबारबाट चुनावी अभियान सुरु गर्ने नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समितिले ओखलढुंगाले जनाएको छ । ओखलढुंगालाई काँग्रेसको किल्ला, प्रजातन्त्रको जिल्ला बनाउन सबै एक मत, एक ढिक्का र एक स्वरका साथ अघि बढ्न सबै कार्यकर्ताहरुलाई काँग्रेस नेताहरुले आग्रह गरेका छन ।
भोलीबाट सुरु हुने ओखलढुंगा कांग्रेसको प्रचार अभियान जिल्लाका सवै स्थानिय तहका वडाहरुमा संचालन गरिने जिल्ला सभापति प्रदीप सुनुवारले जानकारी दिए । जिल्लामा चुनाव अभियान सुरु गर्नका लागि तीनै जना उम्मेदवारहरु राजधानीमा रहेका नेता कार्यकर्ताका साथ ओखलढुंगा प्रस्थान गरेका छन् । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनीधिसभामा रामहरी खतिवडा र प्रदेश नम्बर क मा पुराना कांग्रेस नेता मित्रसेन दाहाल तथा प्रदेश नम्बर ख मा जिल्ला सभापति प्रदीप सुनुवारलाई उम्मेदवार बनाएको छ । भोलीबाट सुरुभएको चुनावी अभियान मंसिर ७ गते मोलुङ गाउपालिकाको रामपुरमा पुगेर समापन हुनेछ ।
उम्मेदवारी दर्तासंगै प्रजातन्त्रको जिल्ला, काँग्रेसको किल्ला प्रजातन्त्रको जिल्ला काँग्रेसको किल्ला बनाउने अभियानका साथ ओखलढुंगका काँग्रेस नेता तथा कार्यकर्ता चुनावी अभियानमा होमिएको हो ।
नेपाली कांग्रेस ओखलढुंगाले काठमाडांैको सुकेधारको नवदुर्गापाटी प्यालेसमा एक कार्यक्रमका गरी चुनावी रणनितीका विषयमा बृहत छलफल र प्रशिक्षण गरि चुनावी कार्यक्रम तय गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री होमनाथ दाहालले प्रजातन्त्र रहे पार्टीको भविष्य रहने हुँदा विपिको सिद्धान्तलाई अक्षरस पालना गरी चुनावी अभियानमा जुटन सवै कार्यकर्तालाई आग्रह गरे । कांग्रेस नेता बालकृष्ण दाहालले अहिलेको चुनाव लोकतन्त्र रहने कम्युनिष्ट शासनको सुरुवात हुने भन्ने जनमत संग्रह जस्तै भएकाले साना तिना असंतुष्टी भएपनि मुख होइन रुख हेर्न आग्रह गरे ।
ओखलढुंगका जिल्लाका काँग्रेसले प्रजातन्त्र र संघिय लोकतान्त्रि गणतन्त्र ल्याउनको लागि ज्यानको बलिदान समेत गरेको हुँदा यसलाई जिवन्त राख्न, लिपिबद्ध गर्न, जागरण गर्नको लागि एकता भएर चनावी अभियान लाग्नु पर्ने प्रदेश सभा क का उम्मेद्धवार मित्रसेन दाहालले बताए । प्रजातन्त्रको जिल्ला भने चिनिने ओखलढुंगालाई यस पटक फुटेर हैना जटेर चुनावी अभियानमा लागौ र हाम्रा जोसिला, इमान्दार प्रखर विकास प्रेमी राष्ट्रबादी नेताहरुलाई बहुमतका साथ जिताउन सबै लागि परेको नेता महेश कोर्माचाले बताए ।
निबर्तमान सांसद एंव प्रतिनीधिसभा सदस्यका उम्मेदवार रामहरी खतिवडाले नेपाली कांग्रेसले सुरु गरेको धेरै विकासका कामलाई पुरा गर्नका लागि पनि कांग्रेसका पक्षमा मतादान गर्न आग्रह गरे । खतिवडाले सवै कांग्रेस नेता कार्यकर्तालाई शान्त र इमान्दारीताका साथ चुनावी अभियानमा जुट्न आग्रह गरे । चुनावी अभियान संचालनका क्रममा अवरोध भएमा कांग्रेस कार्यकर्ताको सुरक्षाका लागि सधै आफु संगै हुने समेत स्पष्ट पारे ।
पार्टी सभापति एंव प्रदेश नम्बर ख का उम्मेदवार प्रदीप सुनुवारले आफुले कांग्रेस सभापतिको हैसियतमा जिल्लाको विकासका लागि स्थानिय तह देखि केन्द्रसम्म विकासका लागि लडाई गरेको बताउदै अव यस पटक जनप्रतिनिधको भुमिका निर्वाह गर्ने अवसर दिन आग्रह गरे । सुनुवारले संघिय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न र ओखलढुंगा र देशको समृद्ध विकास गर्नका लागी नेपाली कांग्रेसको जीत अनिवार्य रहेको समेत बताए ।