कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

उदयपुर, १४ मंसिर । नेपाली कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् । मतपरिणामअनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् ।

कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पाैडेल-काेइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर  पराजित भए । जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेकाे छ। उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।