अछाम क्षेत्र नम्बर २ मा पुष्पबहादुर शाह विजयी

अछाम क्षेत्र नम्बर २ मा पुष्पबहादुर शाह विजयी

अछाम । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर २ मा मंगलबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो । महाधिवेशन र क्षेत्रीय कार्य समितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । उनले ५ सय ४५ मत ल्याएका छन् ।

यस्तै दोस्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेस्रोमा बलबहादुर कुँवरले ४ सय ८५, चौथोमा सुरतबहादुर विष्टले ४ सय ४८, पाँचौँमा ओम प्रकाश विष्टले ४ सय ४६, छैटौँमा नमबहादुर शाही ४ सय १४, सातौँमा गणेशबहादुर विष्टले ३ सय ९९, आठौँमा वेदप्रकाश तिमिल्सैनाले ३ सय ९६, नवौंमा यज्ञप्रसाद ढकाल ३ सय ९५ र १०औंमा लक्ष्मणबहादुर शाहले ३ सय ८७ मत ल्याएर विजयी भएका छन् ।

शाह र प्रतिनिधि सभा सदस्य रामबहादुर विष्टको बराबर मत आउँदा गोला प्रथाबाट शाह विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधिको खुल्लामा २१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै महिला खुल्लामा सबैभन्दा बढी मतका साथ युवा नेतृ अम्बिका चलाउने विजयी भएकी छन् । महासमिति सदस्यता तथा पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख उनले ४ सय ५१ मत प्राप्त गरेकी छन् ।

दोस्रोमा कांग्रेस नेतृ अञ्जु मल्ल शाहले ४ सय ३ मत, तेस्रोमा सुदूरपश्चिम प्रदेश सभा सांसद अम्बि कुमारी थापाले ३ सय ६८ मत प्राप्त गरेकी छन् भने चौथोमा कमलबजार नगरपालिका उपप्रमुख समेत रहेकी भुमिशरण ढकाल बजगाईंले ३ सय ७३ मत प्राप्त गरेकी छन् । चार जना महिलाको लागि आठ जना प्रतिस्पर्धामा रहेका थिए ।

यस्तै खस आर्यतर्फ पुरुषमा ३ सय ९५ मतका साथ रामबहादुर शाही, ३ सय ८२ मतका साथ इन्जिनियर मानबहादुर शाही, ३ सय १९ मतका साथ नृप बहादुर विष्ट र ३ सय १ मतका साथ ओमजंग रावल विजयी भएका छन् । ४ जनका लागि १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।

तीन जना खस आर्य महिलामा बसन्ती कुमारी विष्ट ४ सय ७३, पूर्णा शाह ४ सय ३६ र बेलु देवी साँउद ४ सय ३५ मतका साथ विजयी भएकी छन् । तीन जनका लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

दुई जना महाधिवेशन प्रतिनिधि दलिततर्फ टेकबहादुर बिक र कमलबहादुर कामी (बिक) विजयी भएका छन् । उनीहरूले क्रमशः ४ सय ८७ र ४ सय ५६ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधि एक जना दलित महिलाको लागि भएको प्रतिस्पर्धामा दुर्गाकुमारी बिक ४ सय ७३ मतले विजयी भएकी छन् । यस्तै एक जना अपांगमा ३ सय ६४ मत सहित कृष्ण ढकाल विजयी भएका छन् ।

२५ जना महाधिवेशन प्रतिनिधिका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ५४ वडा रहेको क्षेत्र नम्बर २ मा ८ सय ५६ मतदाता रहेकोमा ८ सय ४२ जनाले मतदान गरेका थिए । यस्तै १५ जना क्षेत्रीय कार्य समितिको लागि २७ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा पुष्पराज शर्मा समूहको पुरै टिम विजयी भएको छ ।

क्षेत्र नम्बर १ मा भने मतगणनाका क्रममा १८ मत बढी भेटिएको भन्दै मतगणना स्थगित भएको छ । जम्मा ७ सय ६४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ७ सय ४७ मत खसेको थियो । खसेको मत भन्दा १८ मत बढी भेटिएपछि विवाद हुँदा गणना स्थगित भएको हो ।