शनिबार थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

शनिबार थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, ४ मंसिर । नेपालमा शनिबार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा २०९ जना र २ हजार ९ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार ९ सय ८९ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार ३ सय ३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।