काठमाडौं, १२ चैत । सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ ।
स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् ।
यी हुन खारेज हुने सरकारी कार्यालयहरु
– जिल्ला प्राविधिक कार्यालय
– जिल्ला कृषि विकास कार्यालय
– जिल्ला पशुसेवा कार्यालय
– जिल्ला घरेलु तथा साना उद्योग कार्यालयरविकास समिति
– जिल्ला भू–संरक्षण कार्यालय
– जिल्ला शिक्षा कार्यालय
– जिल्ला तथ्यांक कार्यालय
– जिल्ला पर्यटन कार्यालय
– जिल्ला भूमिसुधार कार्यालय
– जिल्ला महिला तथा बालबालिका कार्यालय
– जिल्लाका सबै विकास समितिहरू
– जिल्लाका सबै प्रतिष्ठान र परियोजना