यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं ।  सरकारले १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप गरेको छ । रक्षा मन्त्रालयको प्रस्ताव अनुसार सोमबार बसेको मन्त्री परिषद् बैठकले १३ महासेनानीको म्याद दुई वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन्।  बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो। दुवै सदनको संयुक्त बैठकलाई आगामी बिहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

१) दोहोरो घर बहाल कर नलिने ।

२) रानी वन सिचाइ आयोजनाका क्रममा भएको क्षतिका प्रभावितलाई क्षतिपूर्ति दिने ।

३) निर्वाचनका बेला बम आक्रमणमा परेर घाइते भएकाको र बलात्कार भएकाको आवश्यक सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने ।

४) संघीय सरचनामा जिल्ला समन्वय समितिका संयोजक र गाउँपालिकाका अध्यक्षलाई विशेष राहादानीको व्यवस्थापन गर्ने ।

५) रक्षा मन्त्रालयको प्रस्तावमा १३ जना महासेनानीको म्याद नियम बमोजिम दुई वर्षका लागि थप गरिएको छ ।

६) प्रधानमन्त्रीको जन सम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त ।

७) प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त ।

८) आगामी चैत १५ गते प्रतिनिधि र राष्ट्रियसभालाई रास्ट्रपतिले सम्बोधन गर्ने निर्णय ।