कांग्रेसको समिक्षा बैठक आज पनि जारी

कांग्रेसको समिक्षा बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी बैठकमा आज बोल्न बाँकी नेताहरुले आफ्नो भनाई राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले आफ्नो भनाई राखिसक्नुभएको छ ।

आज बिहान ९ बजेपछि बस्ने बैठकमा बोल्न बाँकी नेताहरुले मन्तव्यसहित आगामी ५ वर्षभित्र पार्टीलाई एक नम्बर पार्टी बनाउने योजनाबारे धारणा राख्ने प्रवक्ता शर्माले बताउनुभयो । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।
निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची नै राखेर बोलाइएको यो पहिलो बैठक हो । यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भएको थियो ।