आज रमा एकादशी व्रत : थाहा पाउनुहाेस् पञ्चाङ्ग र राशिफल

आज रमा एकादशी व्रत : थाहा पाउनुहाेस् पञ्चाङ्ग र राशिफल

-चिरञ्जीवी भारद्वाज-

काठमाडौं, १५ कात्तिक । आज १५ कात्तिक सोमबार, तदनुसार नोभेम्बर महिनाको १ तारिक । कात्तिक कृष्णपक्ष, रमा एकादशी व्रत । विशेषगरी एकादशीको दिन चामलबाट बनेको परिकार नखाने र एकादशी व्रत लिने चलन छ ।

नेपाली समाजमा चार्तभास साउनदेखि कात्तिक महिनाको बीचमा पर्ने एकादशीको व्रत लिने प्रचलन बढी छ । सोमबारे एकादशी परेकाले आजको दिन सनातनीहरूका लागि अर्को विशेष दिन हो । आजको सूर्योदय बिहान ६ः१५ र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । आजको चन्द्रमा सिंह राशिमा रहेको छ । आजको देवता भनेको पितृ हो भने ग्रहदेव राहु रहेको छ ।

सोमबार शिवको प्रिय बार भएकाले शिव मन्दिरमा दर्शन गर्ने जाने प्रचलन पनि बढी छ । आजको नक्षत्र पूर्वाफाल्गुनी रहेको छ । आज बिहान ११ः२६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त भएकाले त्यतिबेलाको समयलाई शुभ मानिन्छ । बिहान ०७ः३८ देखि ०९ः२ सम्मको समयमा राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकर्म गर्दा नकारात्मक प्रभाव पर्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिमा जातकहरूका लागि आजको दिन यात्रा शुभ मानिन्छ । मनमा अनेक कुरा खेल्न सक्छन् तर तपाईंले बिहान सूर्योदयको दर्शन गरेर गर्ने निर्णयले तपाईंलाई सफलता दिन सक्छ । अध्ययन, अध्यापनमा रुचि बढ्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अनावश्यक विवाद र गृहकलह र मनमा बैचैनी हुन सक्छ । त्यसैले वृष राशिका जातकले आजको दिन आफ्नो नियमित कामबाहेक अन्य काम गर्दा विचार पुर्‍याउनुहोला । कुनै नजिकको मठ मन्दिरको दर्शन गरेर वा आफ्नो घरमा रहेको पूजा मन्दिरको दर्शन गरेर मात्र घरबाट बाहिर निस्कनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

सुख, समृद्धि र उत्साहको दिन रहेको छ । मिथुन राशिका जातकका लागि नयाँ काम गर्न सक्नुहुनेछ । सोमबार शिवालयको मन्दिरमा गएर जल चढाँउदा सरकारी कामका कुनै बाधा उत्पन्न भएको छ भने सफलता प्राप्त हुनेछ ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो)

दिन कष्टकर रहेको छ । त्यसैले आजको दिन कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला । सोमबार शिव बार भएकाले शिवालय दर्शन गरेर मात्र कुनै कामको सुरुवात गर्नुभयो भने काममा सफलता र तपाईंको मनोबल वृद्धि हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

चन्द्रमा सिंह राशिमा भएकाले सिंह राशिका जातकका लागि आजको दिन उत्तम मान्न सकिन्छ । तर पनि आज अनावश्यक विवाद हुने खालका काम नगर्नुहोला । मनमा चिन्ता र भय हुने भएकाले घरका वरिष्ठ सदस्यको सल्लाहअनुसार वा कार्यलयका प्रमुखहरूको आज्ञाकारी वचनलाई मानेर काम गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन कन्या राशिका व्यक्तिका लागि अनावश्यक खर्च, व्ययभार हुने देखिन्छ । यदि तपाईंको कन्या राशि हो भने आज बिहान घरमा आफ्ना छोरी वा कन्यालाई केही दान गर्नु र फलफूल दिनु वेश हुनेछ । त्यसो गर्दा तपाईंको मनमा उत्साह र हौसला उत्पन्न हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन सुरुवात गरेको काम कार्यसिद्धि हुनेछ । त्यसैले आजको दिन तुला राशिका जातकका लागि व्यापार व्यवसाय र नयाँ कामको थालनी र आफ्नो काममा ध्यान दिनुभयो भने तपाईंलाई सफलता प्राप्त हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आध्यात्मिक यात्राका लागि आजको दिन उत्तम रहेको छ । त्यसैले वृश्चिक राशिका जातकले नजिकैको मठ मन्दिरको यात्रा र यात्रामा निस्कनु भन्दा पहिले घरका वृद्ध सदस्यको आशीर्वाद लिएर काम सुरु गर्नुभयो भने तपाईंको काममा साथ र सहयोग प्राप्त हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । त्यसैले आफ्नो जीवनशैली र कार्यशैलीमा ध्यान दिनुहोला । मनमा चिन्ता र भय हुनेछ । आजको दिन लामो दूरीको यात्रामा जानु छ भने केही परामर्श गरे तपाईंको यात्रामा सफलता प्राप्त हुनेछ । यदि तपाईं वाहन चलाउनुहुन्छ भने होसियारीपूर्वक यात्रा गर्न जरुरी छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आकस्मिक संकटको सामना गर्दै कार्य गर्नुपर्नेछ । मनमा चिन्ता लिएर घरबाहिर निस्कनु भन्दा पहिले आजको दिन मौन र आफ्नो नियमित कामबाहेक अन्य मित्र र आफन्तजनको घर वा कार्यालयमा नजानु वेश हुनेछ । यदि जानै पर्ने अवस्था भएमा पूर्व दिशातर्फबाट आफ्नो इष्ट देवताको नाम लिएर जानुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आकस्मिक धनलाभको योग रहेको छ । विगतका कसैलाई ऋण दिएको तर उसले फिर्ता गरेको छैन भने आजको दिन पहल गर्नुभयो भने तपाईंको धन प्राप्त हुन सक्छ । त्यसैले तपाईं व्यापार व्यवसायमा हुनुहुन्छ भने ऋण र सापटी दिएका सबै व्यक्तिलाई एक पटक सम्पर्क गर्दा तपाईंको अर्थभार वृद्धि हुन सक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मनमा प्रसन्नता छाउनेछ । तपाईंले आजको दिन अध्ययन, अध्यापन र अनुसन्धानको काममा ध्यान दिएर सुरुवात गर्नुभयो भने तपाईंको यो साता सफल हुनेछ । त्यसैले आइतबारको दिन मीन राशि भएको जातकले हरेक सोमबार शिवालयको मन्दिरमा गएर जल चढाँउदा तेजस्वीपन बढ्छ ।