काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोट प्रक्रिया आज सुरु हुदैछ । आबदेन दिएका २ लाख ९४ हजार मध्ये ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । ४ दिनको प्रक्रिया पश्चात म्यादी प्रहरी छनौंट हुनेछन् । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई ५५ दिनका लागी नियुक्त गर्ने जनाएको छ । उनीहरुलाई प्रहरी जवान सरहको तलब, रासन भत्ता, कपडाको भत्ता ४ हजार, यातायात खर्च १ हजार र खाजा खर्च उपलब्ध गराईने छ ।