काठमाडौं, ११ कात्तिक।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीको छलफलका क्रममा मन्त्री खतिवडाले नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नभएको भन्दै लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताउनुभएको हो ।मन्त्री खतिवडाले हाल ३० लाख खोप मौज्दात रहेको दुई करोड खोप आउने प्रक्रियामा रहेको जानकारी पनि दिनुभयो । १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड डोज खोप पनि छिट्टै आउने उहाले बताउनुभयो ।
त्यस्तै मन्त्री खतिवडाले औषधीमा मूल्यबृद्धि हुन नदिन आफुले निरन्तर सरोकारवाला निकायसंग छलफल गरिरहेको भन्दै आफुखुसी मूल्यबृद्धि गरे कारवाही गर्ने चेतावनी दिनुभयो । मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने अठोट गरेको जानकारी दिनुभयो ।