काठमाडौं, ८ कात्तिक।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने बाटोमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
विज्ञापन दिवसका अवसरमा बिज्ञापन बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा दिगो राजनीतिक प्रणाली स्थापीत भइसकेको भन्दै अव सवैले मुलुकलाई बिकास र समृद्धिको दिशातर्फ उन्मुख गराउने बाटोमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।आचारसंहितको कुरा गरेर समाज अघि बढ्न नसक्ने भन्दै उहाले सभ्य समाज निर्माणका लागि व्यवस्थीत र सकारात्मक सोचको जरुरी रहेको धारणा राख्नुभयो ।
त्यस्तै उहाले नेपाली सञ्चारमाध्यमको बिज्ञापनलाई मर्यादीत र भ्रमरहित बनाउनुपर्ने र उपचोक्तालाई सकारात्मक रुपमा सुशुचीत गराउनुपर्ने बताउनुभयो ।सरल भाषा र प्रस्तुतिमा परिवक्वता सहित वस्तु वा सेवाको सहि जानकारी गराउन उहाले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण अर्थतन्त्रमा परेको पिडालाई न्युनिकरण गर्नका लागि नीजि व्यवसायी गम्भीर रहेको बताउनुभयो । उहाले कोरोनाका कारण बिज्ञापन क्षेत्र पनि मर्कामा परेका कारण सरकारले आवश्यक सुविधा उपलव्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले नेपालको बिज्ञापन बजारलाई व्यवस्थीत गर्नुपर्नेमा जोड दिएका थिए । विज्ञापन ऐन २०७६ जारी गरिएको दुई बर्ष पुरा भएको अवसरमा बिज्ञापन दिवस मनाइएको हो ।