पोखरा, अभिनेता नेता बन्ने क्रम चलिरहेको अबस्थामा नेता अभिनेता भएका छन् प्राज्ञ सभासद् नगेन सिहं ठकुरी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कान्छो प्राज्ञ सभासद् बन्न सफल भएका प्राज्ञ ठकुरी बि.पी.कोइराला राजनीति, साहित्य, नाटक लेखन पथ पछाउदै नाटक अभिनेता बनेका छन् ।
नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय नाट्क महोत्सब २०७४मा देश भरिबाट सयाैँको संख्यामा आएका नाटकहरुलाई उछिन्दै उत्कृष्ट १०मा पर्न सफल सान्नानीको सन्ते राजामा नायकको भूमिकामा यहि १२ गते १ बजे पोखरा थिएटरमा प्राज्ञ सभासद् नगेन सिहं ठकुरी डेब्यू गर्दै छन् ।
लोप हुन लागेको डमरु नृत्य, फेरी वा भेडि लगाउने जाेगी र प्रेममा पागल सन्ते राजाको भूमिकामा प्राज्ञ सभासद् नगेन सिहं ठकुरी मञ्चमा देखिने छन् ।
साहित्यका विविध विधामा सिद्ध हस्त कृष्ण उदासीको लेखन र पोखराको पहिलो महिला नाट्क निर्देशक चर्चित रंगकर्मी ममता मञ्जुलको निर्देशन रहेको सान्नानीको सन्ते राजामा कलाकारहरु प्राज्ञ नगेन सिंह ठकुरी, ममता मञ्जुल,प्रेम अर्याल, सरोज पौडेल, सन्ध्या अधिकारी, विज्ञान गौतम, रोशनी श्रेष्ठ, विष्णुराज तिमिल्सिना, प्रवेश श्रेष्ठ र कृष्ण उदासी रहेका छन् ।
मुल पात्रसँग सबै कोएक्टरहरुले शारिरीक रुपमा स्र्पस गर्ने दृश्यहरु सान्नानीको सन्ते राजामा निर्देशक ममता मञ्जुलले प्रस्तुत गर्न सक्षम भएको नायक नगेन सिंह ठकुरी बताउछन् ।
संङ्गीत संयोजनः रोम तमाङ, ब्यवस्थापकः हेमन्त पराजुली(हितैषी), कोरियोग्राफीः घनश्याम पुन, श्रृङ्गार/वेशभुषा/ दिपकमान उदास, परिकल्पनाः लक्ष्मी हमाल र मञ्च आर्ट नगेन आर्ट ग्यालरीले गरेको छ ।
नाटक सान्नानीको सन्ते राजा काल्पनिक सामाजिक संयोगान्त नाटक हो । एक घण्टा ५ मिनेट समयाबधि रहेको यस नाटकमा सत्ताशक्ति र प्रेमशक्तिबीचको द्धन्द्ध प्रस्तुत गरिएको देखाईने निर्देशक ममता मञ्जुलले बताईन् ।