काठमाडौं, ३ कात्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दावी गर्नुभएको छ ।एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको हो । ओलीले एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने बताउनुभयो ।
ओलीले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताउनुभयो । त्यस्तै उहाले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताउनुभयो । नेपालको विकासमा केही पार्टीले धक्का पु¥याएको आरोप लगाउँदै ओलीले एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । साठगाँठ नगरीकन आगामी चुनावमा अन्य दलले एउटा वडा पनि जित्ने अवस्था नरहेको उहाको भनाई छ । अध्यक्ष ओलीले कांग्रेस आउँदो चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेससंग नागरिकमा जाने कुनै मुद्धा नरहेको बताउनुभयो । ओलीले आफु नेतृत्वको सरकारले मुलुकमा बिकासको बाढि ल्याएको तर्क गर्नुभयो ।
सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको भन्दै उहाले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार भएको टिप्पणी गर्दै ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले बाटो बिराएकालाई एमालेको ढोका सदैव खुल्ला रहने भन्दै माधव नेपाललाई भने अव एमालेमा कुनै ठाँउ नरहेको बताउनुभयो । ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने दावी पनि गर्नुभयो । विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उहाँले कहाँ हुने भन्ने निश्चित भइनसकेको पनि बताउनुभयो ।