

काठमाडौं, ३ कात्तिक।सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक शुरु भएको छ । अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुवान लगायतबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा यसबाहेक केही दैनिक प्रशासनिक कार्य सञ्चालनका सन्दर्भमा पनि निर्णय हुने बताइएको छ । आजै मन्त्रिपरिषद् बैठकअघि देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाएका थिए।