माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

माओवादी केन्द्रको शनिबार बसेको पूर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्चार्ज रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र ७ का इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत् राखिएको छ । प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का वर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्री बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारबाही गरिएपछि पद रिक्त थियो ।

क–कसले पाए इन्चार्जको जिम्मेवारी ?
बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की (राम कार्की)लाई दिएको छ । २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश ३ मा शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिएको छ ।

एकीकृत पार्टीको विश्लेषण  : कांग्रेस पुँजीवादतिर राप्रपा परिवर्तनविरोधी
अन्तरिम राजनीतिक प्रतिवेदनले कांग्रेसलाई दोस्रो जनआन्दोलन हुँदै संविधान निर्माणसम्मको अवस्थामा परिवर्तनकारी शक्तिका रूपमा स्विकारेको छ । तर, संविधान निर्माणपछि कांग्रेस यथास्थितिवादबाट पुँजीवादतिर धकेलिँदै गएको धारणा छलफलमा उठेको एमाले नेता विष्णु पौडेलले बताए । कांग्रेसको नीति तथा कार्यक्रमले पूर्ण रूपमा पुँजीवादलाई नै फाइदा पुग्ने कार्यदलको निष्कर्ष छ । यस्तै, राप्रपालगायत पार्टीलाई पूर्ण रूपमा यथास्थितिवादी तथा परिवर्तनविरोधी शक्तिका रूपमा औँल्याइएको छ ।