टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु, बिना मगर, नेतृ, माओवादी केन्द्र

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु, बिना मगर, नेतृ, माओवादी केन्द्र

दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) विरामी हुनुहुन्छ । जिल्ला (कञ्चनपुर) जाँदिन । यहीँ खुमलटार घरमै हुन्छ । टीका लाउने स्पेसल केही छैन ।

यसपालि बुवा आमासँगै घरमै हुन्छु । घुम्ने र अध्ययनको केही प्लान छैन । बरु दसैँपछि फिल्डमा जाने भन्ने छ । दसैँ त प्रोपर्ली घरमै हुन्छ ।

म भेजिटेरियन भएकाले मासु चल्दैन । त्यस्तो विशेष छैन । टीका पनि लाउँदिन । यसपालि बच्चाहरूसँगै घरमै रहन्छु । घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन् । सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो ।