

अमेरिकामा नेपाली बस्दै आएको अपार्टमेन्टमा भीषण आगलागी भएको छ । टेक्ससको ईभिगंस्थित अपार्टमेण्टमा आगलागी भएको हो । दुईओटा अपार्टमेण्टबाट ५ जना नेपाली सकुशल बताइएको छ ।नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष सुमन थापाका अनुसार शुक्रवार बिहान वाटररिटड्जस्थित पायोनियर पार्कवेमा भएको उक्त आगलागीमा करिब २० वटा अपार्टमेण्ट ध्वस्त भएका थिए ।
एनएसटी अध्यक्ष थापा लगायतले उक्त अपार्टमेण्टमा पुगेर नेपालीको बारेमा सोधखोज गरेका थिए । हामीले त्यहाँ बस्ने पाँच जना भट्यौं र सोध्दा उहाँहरूको अपार्र्टमेण्ट ध्वस्त भएको रहेछ थापाले भने अरू थप नेपाली प्रभावित भए नभएको जानकारी आएको छैन सायद नभएर होला ।एनएसटीले आवश्यक सबै सहयोग गर्न तयार रहेको हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ थापाले भने उहाँहरूलाई बस्ने समस्या रहेनछ आवश्यक परे भन्छौँ भन्नुभएको छ ।
माथिल्लो तलामा भएका एक नेपाली परिवारको पुरै अपार्टमेण्ट जलेको छ । तर, आगलागीको बेला त्यहाँ भएका नेपाली आफ्ना महत्त्वपूर्ण कागजात लिएर सुरक्षित स्थानमा जान सफल भएका थिए । एउटा अपार्टमेण्टमा बस्नेको बिमा समेत भएको हुदां समस्या नहुने भएको छ । उक्त आगलागीमा कोही पनि घाइते भएनन् ।
खाली त्यहाँ बस्ने करिब ४० जना वेघर हुन परेको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेण्ट व्यवस्थापन पक्षबाट पनि समस्या पर्नेलाई सहयोग दिइएको जनाइएको छ । स्थानीय रेडक्रसले पनि अत्यावश्यक समाग्री वितरण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । -अनलाइन टिभिबाट