क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस नेताहरू डडेलधुरा जाँदै

क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस नेताहरू डडेलधुरा जाँदै

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवाद समाधानका लागि नेताहरूको एक टोली आज डडेलधुरा जाँदैछ ।

बिहान काठमाडौँबाट धनगढी पुगेको टोली दिउँसोसम्म डडेलधुरा पुग्ने नेता डा. शेखर कोइरालाले जानकारी दिए । डडेलधुरामा जारी अनसनको बारेमा बुझ्न र समस्या समाधान गर्नको लागि नेता कोइरालासहितको ५ सदस्यीय टोलीलाई कांग्रेसले पठाएको हो ।