

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन आज स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रवक्ता कृष्णबहादुर महराकाअनुसार पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने नेताहरूको बारेमा छलफल गरी टुङ्गो लगाउने छ । मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निर्णयमा पुग्न माओवादी केन्द्र नेतृत्वलाई कठिन भएको छ । हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्व चयनको बारेमा मात्रै कुराकानी भएको थियो ।