कान्तीभैरव गुरुकुल विद्याश्रममा हरिनाम संकीर्तन

कान्तीभैरव गुरुकुल विद्याश्रममा हरिनाम संकीर्तन

काठमाडौ । काठमाडौ उत्तरगयास्थित कान्तिभैरव गुरुकुल विद्याश्रममा हरिनाम संकीर्तन कार्यक्रम सम्पन्न भयो । समस्त पितृहरुको उध्दार हेतु आयोजित उक्त कार्यक्रममा गुरुकुल आश्रमका वटुकहरु सर्वश्री गोपाल दहाल ,देवेन्द्र अधिकारी ,गणेश अधिकारी ,दिवश पण्डित ,अतिथिहरु शारदा अधिकारी,तुलसी अर्याल लगायत गुरुकूल विद्याश्रममा अध्ययनरत ५५ विद्यार्थीहरुले हरिनाम संकीर्तन गरेका थिए ।

उक्त कार्यक्रममा गुरुकुल आश्रमका स्वयम्सेवी प्रधानाध्यापक श्रीराम अधिकारीले आदीम वैदिक कालदेखिको गुरुकुल परम्परालाई पछ्याउदै गुरुकुल आश्रम संचालन गरिएको वताउंदै वटुकहरुको वौध्दिक तथा आध्यात्मिक विकास निम्ति विद्याश्रमद्वारा वेला बेलामा हरिनाम संकीर्तन तथा आध्यात्मिक कवि गोष्ठी संचालन गर्न प्रारम्भ गरिएको बताउनुभयो ।

कार्यक्रममा राधे राधे परिवारका तर्फबाट मुकुन्द अर्यालले कलियुगमा हरिनाम संकीर्तन मात्र भवसागर तर्ने भरपर्दो डुंगा भएको वताउंदै विद्याश्रममा यस्तो कार्यक्रम आयोजनामा सक्रियता देखाउने सहभागिता पु¥याउने विद्याश्रम परिवारलाई राधे राधे परिवारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

स्मरण रहोस् वैदिक सनातन संस्कृतिको गुरुकुल परम्परालाई पछ्याउंदै संचालित उक्त गुरुकुल आश्रममा ५५ विद्यार्थीहरुलाई उदारमना व्यक्ति । संस्थाहरुको सहयोगमा निशुल्क आवाश ,भोजन व्यवस्था सहित कक्षा १२ सम्म संस्कृत सहितको गुणस्तरीय शिक्षा प्रदान गरिंदैआएको छ ।