गुल्मीको दौघामा पानीको चरम अभाव यस्तो छ अवस्था

गुल्मीको दौघामा पानीको चरम अभाव यस्तो छ अवस्था

-चन्द्र सर्तङ्गे मगर-

दौँघा यतिखेर चरम पानीको अभाबमा छ । खडेरी लम्बिदा खानेपानीको जोहो गर्न प्राय असम्भब जस्तै देखिएको छ । पानी पिउन माग्नु, बेइज्जत गरे जस्तै हुन्छ । दौँघा स्वर्ग जस्तै छ तर पानीको अभाबमा कहिलेकाही मरुभूमी जस्तै लाग्छ । खर्ज्याङ खोलाको पानी दौँघा पुर्याउदा तिर्खाका ब्यापारीले प्रति लिटर दुई रुपैया कमाउछन् । खुबै गर्बका साथ हामीले भन्ने बहुप्रतिष्ठित बृहत लिफ्टिङ खानेपानी योजना शुरुवात भएको पनि पाँच बर्ष पुगेछ । संबिधान सभाको दोस्रो निर्बाचनको सेरोफेरोबाट चन्द्र भण्डारी (तत्कालिन माननीय)को बिशेष पहलमा शुरुवात भयो । खानेपानीको राजनीति खुबै गरियो । कालोलाई सेतो, सेतोलाई निलो र निलोलाई हरियो बनाइयो । काम नभएको होइन, अत्यन्तै ढिला गतिमा भएको छ । जति ढिला भयो, त्यति चाडै तिर्खाको सपना लम्बिदै जान्छ । उपभोक्ता समिति मार्फत दबाब दिन पनि सकिएको छैन ।

यो महान अबिभारा माननिय पूर्व पर्यटन मन्त्री हालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको काँधमा जान्छ । अब, सबैकुराले साथ दिएको अबस्थामा माननीय ज्युले आगामी दुई बर्ष भित्र सम्पन्न गरे इतिहासको नबिन कालखण्ड कोरिनेछ ।