धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिला पूर्णिमाको सफल आरोहण

धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिला पूर्णिमाको सफल आरोहण

काठमाडौं । धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामुसहित आफ्नो कम्पनीका २० जना पुगेको सेभेन समिट ट्रेकिङले जनाएको छ ।

गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।