सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

काठमाडौँ, १३ असोज।सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ 

अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो ।तर उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको ती अधिकारीले जानकारी दिए ।

यसअघि १६ भदौमा पनि यो मुद्दा संवैधानिक इजलासमा राखिएकामा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो ।