महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

काठमाडाैँ । संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदामा यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ ।

संघीय संविधानअनुसार प्रदेशसभा समेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ । कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ । यो खबर आजको नयाँ पत्रिका बाट लिएका हौ।