

चितवन, ९ चैत । निर्माणधीन नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको यात्रु बाहक माइक्रोबसमाथि शुक्रबार दिउँसो लगभग पौने पाँच बजे पहाडबाट ढुंगा खस्दा चालकको निधन भएको छ । निधन हुने चालक मकवानपुर जिल्ला दामन–६ का २८ वर्षीय दीपक रुम्बा रहेको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको उक्त माइक्रो बसमा ढुङ्गा खस्दा चालक दिपक रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक बिस्तारको काम चलिरहेको नारायणगढ मुग्लिङ्ग सडकको माथिको डाडामा डढेलो लागेको र सोही क्रममा ढुंगा खस्न पुगेको बताइएको छ ।