दुईवर्ष भित्र नेपालमा रेल र पानी जहाजमै यात्रु बोकाएर मजाक गर्नेलाई जवाफ दिन्छुः प्रधानमन्त्री ओली

दुईवर्ष भित्र नेपालमा रेल र पानी जहाजमै यात्रु बोकाएर मजाक गर्नेलाई जवाफ दिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २ वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको बताएका छन् ।

२०७६ साल भित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे । शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरे ।

उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिवद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गराएका छन् ।