एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २६ भदौ।नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । यसअघि हिजो दिउँसो ४ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठक चलिरहेकाले आजका लागि सारिएको हो ।