

काठमाडौं, २१ भदौ । १४ औं महाधिवेशनकालागि वडा अधिवेशनको प्रक्रिया सुरु भएको तीन दिनमा नेपाली काङ्ग्रेसले ३८ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । हिजो दाङ जिल्लाको मात्र वडा अधिवेशन सम्पन्न भएको काङ्ग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।
तर, नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने विषय अनिश्चित बनेको छ । काङ्ग्रेसको निर्वाचन समितिले ती २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली अझै पनि पाएको छैन । काङ्ग्रेसले ७ सय ५३ ओटा पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ ।