

काठमाण्डौ । आँधी पछि आएको बाढीमा परि अमेरिकामा ४१ जनाले मृत्यु भएको छ ।
बाढिबाट सबै भन्दा बढि प्रभावित राज्य न्यु जर्सीमा २३ जना र न्युयोर्कमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यसैगरि पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको मृत्यु भएको छ । समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा आएको बाढीमा फसिरहेकाहरुलाई उद्धार कार्य जारी रहेको जनाएको छ ।