

काठमाडौ, १६ भदौ।पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० छ।