

काठमाडौं, १५ भदौ।एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो ।
९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो ।यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने भएको छ ।
प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ ।