एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने

एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने

काठमाडौं, १३ भदौ।निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो ।नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो ।