एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत चयन

एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं, १३ भदाै।नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ ।कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस) सँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो ।