

काठमाडौँ, ११ भदौ ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताउनुभयो । आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको उहाको भनाई छ । निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन लागि पनि आफूले उम्मेदवारी दिएको धारणा राख्नुभयो ।
उहाले निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन जनाउदै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनुपर्ने बताउनुभयो ।निधिले ओली नेतृत्वको सरकारले संघीयता र गणतन्त्रलाई नै कमजोर बनाउन लागेको भन्दै अव कांग्रेसको सरकारले संविधानका उपलव्धीलाई रक्षा गर्ने जिकिर गर्नुभयो ।
निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट सम्पर्क कार्यालयको उद्घाटन गरिएको निधिको सचिवालयले जनाएको छ ।