कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा : एसियाली विकास बैंक

कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा : एसियाली विकास बैंक

मनिला, ८ भदौ।कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो ।

‘कि इन्डिकेटर फर एसिया एन्ड प्यासिफिक २०२१’ नाम दिइएको सो प्रतिवेदनमा महामारी एसिया र प्रशान्त क्षेत्रको प्रगतिमा बाधक भएको जनाइएको छ । कोभिडले एसियाली देशको दीगो विकास लक्ष्यलाइसमेत असर गरेको बताइएको छ ।एसियाली देशमा महामारीको उत्तारचढाव प्रष्ट देखिएको र कोभिडले ती क्षेत्रका देशको स्वास्थ्य र शिक्षाको प्रगतिमा बाधा ल्याएको अध्ययनमा उल्लेख छ । अध्ययनमा एसियाली देशको वित्तिय, आर्थिक, सामाजिक र वातावरणीय विषयको विश्लेषण गरिएको छ ।

सन् २०१७ को एक तथ्यांकअनुसार एसियाको कुल जनसंख्याको ५ दशमलब २ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छन् । तर, कोभिडको संक्रमण नभएको अवस्थामा सो संख्या २ दशमलब ६ प्रतिशतमा झर्ने अनुमान गरिएको थियो ।

‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।