

बुटवल ।सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् ।
प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन बहुमत रहेको जानकारी दिएका हुन् ।उनकाअनुसार बैठकमा उपस्थित ४३ प्रदेशसभा सदस्यमध्ये प्रस्तावको पक्षमा ४२ मत परेको र विपक्षमा शून्य र एक तटस्थमा परेको हो ।
प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित गिए । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।