सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्ड अफ नेपाल सार्वजनिक

सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्ड अफ नेपाल सार्वजनिक

काठमाडौं ।सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्ड अफ नेपाल सार्वजनिक भएको छ । 

शुक्रबार काठमाडौंमा मानवअधिकार संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रमकामा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र बरिष्ठ सञ्चारकर्मी भैरव रिसाल तथा बिकास अभियन्ता बद्री प्रसाद खतिवडाले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गर्नुभएको हो । लेखक श्रेष्ठले पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरुको सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव समेटिएको बताउनुभयो । नेपालको सीमा मामिला बिदेशीले पनि बुझुन भन्ने उदेश्यकले नक्साको द्धन्द्ध, चूच्चे नकसा आदी बिषयमा समेटिएको उहाले बताउनुभयो ।

सीमाविद् श्रेष्ठको यो १३ औं पुस्तक हो । नेपालको सिमाना नामक उहाको ग्रन्थले मदन पुरस्कार जितेको थियो ।