थप ३,२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

थप ३,२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

काठमाडौँ, १ भदौ ।नेपालमा मंगलबार थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ५६५ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ५६ र ६ हजार १ सय २४ एन्टीजेन परिक्षणका क्रममा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १० हजार ३५४ जनाको ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ९ सय २९ जना संक्रमणमुक्त हुदा हालसम्म नेपालमा ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३७ लाख ७९ हाजर २३० वटा पिसिआर र ४ लाख ७ हजार ४ सय ९५ वटा एन्टीजेन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।