

काठमाडौंं । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायत दुई सय बर्षको शासनबाट मुक्त भएको थियो । कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा आईतबार दिल्लीस्थित लालकिल्लामा औपचारिक कार्यक्रम शुरु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा आयाजित कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा अग्रभागमा रहेर सेवा गर्नेहरु सम्मानित हुँदैछन् ।
स्वतन्त्रता दिवसलाई मध्यनजर गरी राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील क्षेत्रमा ड्रोनद्वारा निरीक्षण गर्ने व्यवस्थापन मिलाइएको छ ।
औपचारिक समारोहस्थल लालकिल्लामा प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका आतंकबादीहरुको तस्बिर टाँसेको छ । यस्तैआफ्नो स्वतन्त्रता दिवस तथा अन्य अवसर पारेर भारतले नेपाललाई पनि विभिन्न सहयोग गर्दै आएको छ । भारतले नेपाललाई पूर्वाधार निर्माण तथा सांस्कृतिक सम्पदाको पुनर्निमाणमा सहयोग गरेको छ । आज काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि स्वतन्त्रता दिवस मनाइदैछ ।