काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौँ, ३० साउन ।सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ । बिहीबारबाट शुरु भएको बैठकमा हिजोसम्म ३१ जना केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको थियो । काँग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । काँग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

बिहीबारबाट शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो भने अन्य ९ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।