

काठमाडौँ, २९ साउन।सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले बिहीबार बसेको बैठकमा माओवादी सांसद यादवले ओलीको स्वास्थ्यमा बिषयमा बोलेका अभिव्यक्ति हटाउन निर्देशन दिनुभएको हो । मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन उहाले निर्देशन दिनुभयो ।
शुक्रबारको बैठक सुरु हुनेबितिकै एमाले सांसदहरु आ आफ्नो ठाउँमा उठेका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । भट्टराईले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति संसदीय मर्यादा बिपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
बिहीबारको बैठकमा यादवले ओलीप्रति लषित गर्दै प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गर्नुभएको थियो । बैठकमा सांसद मोतिलाल दुगडले सभामुखसंग समय नलिइ बोल्न खोज्दा विरोध भएको थियो ।