

काठमाडौँ, २९ साउन।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा ११ बजे तय भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो विचार राख्ने कार्यसूची रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले जानकारी दिनुभयो । क्रियाशिल सदस्यतामा देखिएको विवाद र महाधिवेशन सार्नेनसार्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने उहाँले जानकारी दिनुभयो ।