

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मका उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको निर्वाचन निर्देशिकामा उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको हो ।
सबैभन्दा कम शुल्क गाउँ नगरपालिकाको वडा सदस्यको पदका लागि एक सय रुपैयाँ र सबैभन्दा बढी केन्द्रीय सभापतिमा उम्मेद्वारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ। बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामा सबै उम्मेदवारको शुल्क प्रस्ताव गरिएको छ ।
हेर्नुहोस् प्रस्तावित शुल्कको सूची
