

काठमाडौँ, २८ साउन।उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको बिभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए नभएको बारे अनुगमन गरेको हो ।प्रशासनको टोलीले काठमाडौंको बबरमहलदेखि कलंकीसंम्म अनुगमन गरेको थियो । सार्वजनिक सवारी, पसल, रेष्टुरेन्ट लगाएतका क्षेत्रमा अनुगमन गर्दा लापरवाही भएको देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा ३६ जना भन्दा बढिलाई स्थलगत कारवाही गरेको र केहिलाई सम्झाई बुझाई छाडेको उहाले बताउनुभयो । उहाले कोरोना महमारीलाई नियन्त्रण गर्नका लागी मास्कको प्रयोगलाई अनिवार्य गर्न अनुगमन गरिएको जानकारी दिनुभयो ।
प्रशासन कार्यालयले अव उपत्यकामा निरन्तर अनुगमन गरिने जानकारी दिएको छ ।