नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने

काठमाडौँ, २८साउन।नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बस्ने बताइएको छ ।

बैठकमा तोकिएकै मितिमा महाधिवेशन गर्ने वा कार्यतालिका फेरबदल गर्ने भन्ने विषयमा मुख्य छलफल हुने छ । हिजो सभापति शेरबहादुर देउवाले आफू पक्षका नेताहरुसँग बैठक गरेर दिउँसो २ बजे पौडेल, सिटौलासहितका नेताहरुसँग छलफल गर्नुभएको थियो । देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ । तर, पौडेलले क्रियाशील सदस्यतामा भएको धाँधलीको तत्काल निवारण गरेर विवादरहित ढंगले महाधिवेशन सुरु गर्न र भदौ महिनाभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउन माग गरेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।