

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका ११ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको तृतीया तिथि बेलुका ५।८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र बिहान १०।४४ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।२९ मा छ भने सूर्यास्त बेलुका ६।३९ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।
आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासनाका साथै हरिया वस्तुको प्रयोग शुभ रहनेछ ।