आज मंगलवार, हेर्नुहोस् आजको दिन २०७८ श्रावण २६ गते

आज मंगलवार, हेर्नुहोस् आजको दिन २०७८ श्रावण २६ गते

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका १० तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको द्वितीया तिथि बेलुका ६।९ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । मघा नक्षत्र बिहान १०।५४ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२८ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।

आज मंगलवार गणेशजीको उपासनाका साथै गणेशअथर्वशीर्षको पाठ शुभ फलदायी रहनेछ ।