कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

काठमाडौँ, २५ साउन।नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ ।

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् । जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन् ।

आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।