जापानबाट ४ लाख मात्रा खोप आज नेपाल आइपुग्ने

जापानबाट ४ लाख मात्रा खोप आज नेपाल आइपुग्ने

काठमाडौं, २३ साउन । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको ४ लाख मात्रा खोप जापानबाट आज नेपाल आइपुग्ने भएको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्ये आज ४ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ४ लाख र भोलि ४ लाख मात्रा खोप नेपाल ल्याउने तयारी छ । बाँकी ८ लाख मात्रा खोप अर्को साता नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।