नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ, २२ साउन।नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।